१६ चैत्र २०८०, शुक्रबार

विश्वासको मत प्राप्त मुख्यमन्त्री शाहीलाई, राप्रपाको पनि समर्थन

jiban bahadur shahi

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभामा विश्वासको मतका लागि उहाँले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गर्नुभएको हो ।

विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले बताउनुभयो । मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख शाहीले घोषणा गर्नुभयो ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ३ र राप्रपाका १ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका छन् ।

प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरु अनुपस्थित रहेको थियो ।