७ बैशाख २०८१, शुक्रबार

सपथ लिए एमालेका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुले

uml safat

नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार चितवनमा भएको चुनावको निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथ खुवाएका हुन् । अध्यक्ष ओलीलाई सुरुमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले सपथ खुवाएका थिए ।