७ बैशाख २०८१, शुक्रबार

रावलले लिएनन् केन्द्रीय सदस्यको शपथ

Bhim Rawal 1
फाइल फोटो

नेकपा एमालेको नेता भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गरेपनि उनले शपथ लिएनन् ।

नेता रावलले यसअघि नै केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नदिएको भन्दै पद अस्वीकार गर्ने बताएका थिए ।