८ बैशाख २०८१, शनिबार

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

Bajura himpat.

आज देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका बाँकी भू–भागमा आङ्शिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

आज रारत देशभर अङ्ंशिक बदली रही गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा बङ्गलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।