१५ बैशाख २०८१, शनिबार

केपी ओलीद्वारा एमाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता

kpoli1638158346

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

आइतवार राति अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार उहाँले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

एमाले अध्यक्षका लागि यसअघि नै उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराइसक्नुभएको छ ।