८ बैशाख २०८१, शनिबार

(नामावलीसहित) यी हुन् अध्यक्ष ओलीले प्रस्ताव गर्न लागेका पदाधिकारीकारीहरु, अध्यक्षमा निर्वाचन हुने निश्चित

UML banda satra 768x319 1

नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्रको आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीकारीसहित केन्द्रीय सदस्यको नामावली प्रस्ताव गर्नुहुने भएको छ ।

हिजोको बन्दसत्रले पदाधिकारीसहित केन्द्रीय कमिटीका सदस्यहरुको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । सोही अनुसार आजको सत्रमा ओलीले नाम प्रस्ताव गर्न लाग्नुभएको हो । सहमति नभएका पदमा भने निर्वाचन हुने नेताहरुले बताएका छन् । नाम टुङ्गो लगाउन आज विहान ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालको छुट्टै बैठक बसेको थियो ।

अध्यक्षमा उमेदवारी घोषणा गर्नुभएका उपाध्यक्ष भीम रावल ब्याक नहुने भएपछि अध्यक्षमा भने मतदान हुने निश्चित जस्तै भएको छ ।

तथापि, नेताहरुले भने सर्वसम्मत हुने बताएका छन् । शक्ति सन्तुलनलाई ध्यानमा राखेर ओलीले नामावली प्रस्ताव गर्ने तयारी गरिएको बताइएको छ ।

एमालेको विधानमा संशोधन भएसँगै महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटी चयन गर्नेछ । विधानले प्यानलगत उम्मेदवारीलाई निषेध गरे पनि अध्यक्ष ओली आफैंले प्यानलसहितको प्रस्ताव बन्दसत्रमा प्रस्तुत गर्न लाग्नुभएको हो ।

ओलीको प्रस्तावित पदाधिकारी सूची

वरिष्ठ उपाध्यक्ष– ईश्वर पोखरेल,

उपाध्यक्ष–सुवास नेम्वाङ, रामबहादुर थापा, बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, भीम रावल र अष्टलक्ष्मी शाक्य ।

महासचिव–शंकर पोखरेल

उपमहासचिव–प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी र घनश्याम भुसाल