१२ बैशाख २०८१, बुधबार

थप कडाइ एमाले बन्दसत्रको दोस्रो दिन, भीम रावलको प्रचारसम्बन्धी पर्चा खोसियो

UML banda satra 768x319 1

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुन लागेको छ ।

बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ गरेका छन् ।

उम्मेदवारी दर्ता नहुँदै भीम राव लगायतका नेताहरुले पर्चा बाँड्न शुरु गरेपछि कडाइ गरिएको बताइएको छ । रावलले एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । स्वयम्सेवकहरुले रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन ।

स्रोतका अनुसार मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाइएको हो । ​स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् ।

बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले रावलको पर्चा बाँड्ने गरेका छन् ।