१२ बैशाख २०८१, बुधबार

अमेरिकाले माग्यो एमसीसीबारे नेपालको आधिकारिक धारणा

sh

अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे नेपालको आधिकारिक धारणा मागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेतृत्वको टोलीले हिजो साँझ भेटवार्ता गरेको हो । भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले एमसीसी परियोजनाबारे चासो राख्नुभएको हो ।

नेपाल र अमेरिकाबीचको लामो सम्बन्ध रहेको उल्लेख गर्दै सहायकमन्त्री लुले एमसीसी परियोजना नेपालको हितमा रहेको बताउनुभएको थियो ।

उहांले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको लोकतन्त्रका लागि आगामी शिखर सम्मेलनमा सहभागी हुने सुनिश्चितता गरेकोमा प्रधानमन्त्री देउवाप्रति धन्यवाद दिनुभएको थियो ।

भेटवार्तामा दुई मुलुकको मित्रताको लामो समय सम्बन्ध, सहयोग, द्विपक्षीय सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।

अमेरिकी प्रतिनिधि टोलीले आज नेपालका राजनीतिक नेतृत्वसहित नागरिक समाजका प्रतिनिधिलाई समेत भेट्ने कार्यक्रम छ ।आज परराष्ट्र मन्त्री नारायण खड्कासहित राजनीतिक दलका नेताहरुसँग भेटवार्ताको तयारी छ ।

लु को टोलीमा दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङ पनि हुनुहुन्छ । अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो ।