१३ बैशाख २०८१, बिहीबार

प्रहरीको हस्तक्षेप सर्वोच्च अदालतमा, बारका अध्यक्ष श्रेष्ठसहित एक दर्जन वकिल घाइते

jhadap chandreshwor Pzb5SCn7Hf1637217389 63

प्रधानन्यायाधीश चाेलेन्द्र समशेर राणाकाे राजीनामा माग गर्दै संघर्षरत नेपाल बार एशाेसिएसन र प्रहरीबीच सर्वोच्च अदालत परिसरमै झडप भएकाे छ ।

धर्नमा बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् ।

वकिलहरु मूख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आउदा केही वकिलहरू घाइते भएका हुन् ।

झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका छन् । प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको अध्यक्ष श्रेष्ठले बताउनुभएकाे छ ।