८ बैशाख २०८१, शनिबार

नाटकीय रुपमा कोरोनाको चौथो लहरमा फसेको मार्केलको दाबी

Angela Merkel

जर्मन चान्सलर एञ्गेला मर्केलले नाटकीय रुपमा आफ्नो मुलुक कोरोनाको चौथो लहरमा फसेको बताएकी छन् ।

कोभिड संकटका विषयमा क्षेत्रीय नेताहरुको बैठक बस्न लागेको पूर्वसन्ध्यामा जर्मन चान्सलरको यस्तो भनाइ आएको हो ।

मर्केलले कोरोनाविरुद्धको खोपको बुस्टर डोजलाई तीब्रता दिनुपर्ने बताउंदै पहिलो डोज दिन बढी नै ढिलाई नभएको पनि बताएको बीबीसीले जनाएको छ ।

जर्मनीमा खोप नलगाएका नागरिकलाई बार, क्याफे, जिमलगायतका सेवाबाट बञ्चित गरिएको छ । जर्मनीमा अहिले दैनिक संक्रमितको संख्या करिब ५३ हजारको हाराहारी पुगेको छ ।