१६ चैत्र २०८०, शुक्रबार

इन्जिनियर सँग विबाह गर्दै गायिका प्रविशा अधिकारी

IMG 20210929 141555 63

गायिका प्रविशा अधिकारी मंसिरमा बिहे गर्ने भएकी छन् । उनले प्रेमी निर्माण सिटौलासँग विवाह गर्न लागेकी हुन् । झापा चारपानेका निर्माण र प्रविशा मंसिर ५ मा वैवाहिक बन्धनमा बाँधिदैछन् ।

पेसाले इन्जिनियर निर्माण अमेरिका बस्दै आएका छन् । केही समयदेखि प्रविशा र निर्माण प्रेम सम्बन्धमा थिए । दुबैको पारिवारिक सहमतिमा वैवाहिक जीवनको सुरुवात गर्न लागेका हुन् प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् ।

प्रविशाले थुप्रै नेपाली चलचित्रका गीतमा स्वर दिएकी छिन् । केही समय अगाडि उनले ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा ‘फूल होइन’ बोलको गीत गाएपछि उनको चर्चा झनै चुलिएको थियो । प्रविशा हिमालय टीभीबाट प्रशारण हुने तयारीमा रहेको रियालिटी शो ‘भ्वाइस किड्स’को कोच समेत हुन् ।

    सम्बन्धित समाचार...