७ बैशाख २०८१, शुक्रबार

प्रेमी तरुणप्रताप साहसँग टीकाटा मिस नेपाल इशानीको

ishani shrestha 63 1 63

मिस नेपाल इशानी श्रेष्ठले प्रेमी तरुणप्रताप साहसँग टीकाटालो गरेकी छिन् । सोमबार साँझ सोल्टीमोडस्थित होटल ह्यात प्यालेसमा दुवैको टीकाटालो अर्थात् तिलकोत्सव समारोह सम्पन्न भएको थियो ।

टीकाटालोमा दुलहा दुलही दुवै तर्फबाट नजिकका आफन्त मात्र समारोहमा सरिक थिए । टीकाटालो गर्नु अघि दुवै पूजामा सहभागी भएका थिए । परिवार निकट सदस्यको उपस्थितिमा इशानी र तरुणको टीका टालो सम्पन्न भयो ।

यी दुईको विवाह भने आगामी पुस ६ गते हुँदैछ । सन् २०१३ मा मिस नेपालको उपाधि विजेता इशानीले सोही वर्ष ‘मिस वर्ल्ड’ मा पनि सहभागी भएकी थिइन् ।

    सम्बन्धित समाचार...