१५ चैत्र २०८०, बिहीबार

यथावत राजीनामाको माग राख्दै न्यायाधीशहरु काममा फर्किने

suprem court

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बेञ्च बहिष्कार गरेका न्यायाधीशहरु बेन्चमा फर्किने भएका छन् ।

नेपाल बार एशोसिएसनसँगको छलफलमा न्यायाधीशहरुले राणाको राजीनामाको माग यथावत् राख्दै निश्चित मुद्दाहरु हेर्ने बताएका थिए ।

उनीहरुले बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली, मिलापत्र लगायतका मुद्दा हेर्ने भएका छन् । न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँगको ‘बेञ्च शेयर’ नगर्ने निर्णयलाई यथावत् राखेका छन् ।

न्यायाधीशहरुले गत कात्तिक ८ गतेदेखि बेञ्च बहिष्कार गर्दै आएका थिए । न्यायाधीशहरुको समूहबाट पाँच न्यायाधीश हिजो मात्र अलग भएका थिए । १९ मध्ये न्यायाधीशहरू तेजबहादुर केसी, बमकमार श्रेष्ठ, मनोज शर्मा, कुमार चुडाल र कुमार रेग्मी अलगिनुभएको थियो ।

उहाँहरुले आजैबाट मुद्दा हेर्नुभएको थियो । आज बार पदाधिकारीहरुसँगको छलफलमा १३ न्यायाधीश मात्र सहभागी हुनुहुन्थ्यो । राणाको राजीनामाको पक्षमा रहेका न्यायाधीश ईश्वर खतिवडा अमेरिकामा हुनुहन्छ ।