 
								दोहा विमानस्थलमा निवस्त्र पारिएका अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने भएका छन् ।
सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा नवजात शिशु भेटिएपछि ती महिलाहरूलाई उड्न तयारी रहेको विमानबाट ओरालेर निवस्त्र पारिएको थियो । सुत्केरी भएको आशंकमा निवस्त्र महिलालाई परीक्षण गरिएको थियो । कतार एअरवेजको विमानबाट ओरालेर एम्बुलेन्समा राखिएका महिलालाई नर्सहरूले भित्री वस्त्र फुकाल्न लगाएर जाँच गरेका थिए ।
उनीहरूलाई सशस्त्र सुरक्षाकर्मीले कतार एअरवेजको विमानबाट ओरालेर एम्बुलेन्समा हालेका थिए। एम्बुलेन्समा नर्सहरूले उनीहरूलाई वस्त्र फुकाल्न लगाएर निरीक्षण गरेका थिए।
महिलाहरूले आफूहरूले त्यसो गर्न स्वीकृति नदिएको र किन त्यसो गरिँदै छ भनेर आफूलाई नभनिएको बताएका छन्।
नाम नबताउने एक महिलाले बीबीसीलाई आफूमाथि “सबैभन्दा भयानक शारीरिक परीक्षण” गरिएको बताएकी थिइन्।
“बन्दुक बोकेका धेरै पुरुषमध्ये कुनैले मलाई मार्लान् जस्तो लागेको थियो वा विमानमा रहेका मेरा पतिलाई पनि मार्छन् जस्तो लागेको थियो,” आफ्नो वकिलमार्फत दिएको विज्ञप्तिमा उनले भनिन्।
करिव पाँच मिनेट परीक्षणगरेपछि उनीहरूलाई पुनः विमानमा चढाइएको थियो । अस्ट्रेलियामा उत्रिएपछि पीडितहरूले प्रहरीलाई उजुरी दिएका थिए । सो घटनाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।
अस्ट्रेलियामा अवतरण गरेपछि केही महिलाले यसबारे प्रहरीलाई उजुरी दिएका थिए जसको कारण घटनाको थुप्रै राष्ट्रले निन्दा गरेका थिए।
निवस्त्र पारिएको घटनाबारे महिलाहरुको विरोधपछि कतारले माफी मागेको थियो । कतारका तत्कालिन प्रधानमन्त्री खालिद अल थानीले सरकारका तर्फबाट क्षमा मागेका थिए । घटनामा संलग्न विमानस्थलका एक अधिकारी निलम्बनमा परेका थिए ।
तर ती महिलाहरूले त्यसपछि त्यो घटनालाई बेवास्ता गरिएको बताएका छन्।
 
											 
											 
											 
									 
									 
									