१५ चैत्र २०८०, बिहीबार

विवादमा युवराज चार्ल्स: कतारका शेखबाट १ मिलियन युरोसहितको सुटकेस स्वीकारेपछि

Qatari sheik

युवराज चाल्र्सले कतारी अर्बपति शेखबाट आफ्नो परोपकार संस्थाका लागि १ मिलियन युरो नगद भरिएको सुटकेस स्वीकारको दाबीसहितका विवरण सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।

चाल्र्सले कतारका पूर्वप्रधानमन्त्री शेख हमाद बिन जसिम बिन जाबेर अल थानीबाट प्रिन्स अफ वेल्स च्यारिटी फाउन्डेसनका लागि २०११ र २०१५ बीचको अवधिमा ३ मिलियन युरो प्राप्त गरेको जनाइएको छ ।

शेखले सन् २०१५ मा क्लेरेन्स हाउसमा एक निजी बैठकमा चाल्र्सलाई  व्यक्तिगत रूपमा १ मिलियन यूरो नगद हस्तान्तरण गरेको बताइएको थियो ।

विवरणअनुसार सो रकम युवराजले तत्कालै सहयोगीहरूलाई हस्तान्तरण गरेका थिए । सहयोगीले सो रकम पूर्णरूपमा परोपकारमा हस्तान्तरण गर्ने व्यवस्था गरेका थिए ।

अर्को अवसरमा कतारी शेखले बेलायती सिंहासनका उत्तराधिकारीलाई ८ लाख २० हजार पाउन्ड बराबको रकम दिएकोसमेत जनाइएको छ ।

विवादास्पद शेखले प्रधानमन्त्री हुँदा आफ्नो कार्यकालमा कतारले अल कायदाको सिरियाली शाखालाई आर्थिक सहयोग गरेको स्वीकार गरेका छन् ।

    सम्बन्धित समाचार...