१६ चैत्र २०८०, शुक्रबार

शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन

Samsad Asha Kumari BK

सांसद आशा कुमारीले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन् ।

गत कात्तिकमा गएको बाढीपहिरोले बझाङमा दर्जनौं घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको बताइन् । ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण गर्न गए, तर पीडितको अवस्था अहिले पनि उस्तै छ,’ उनले भनिन् ।