२१ बैशाख २०८२, आईतवार

सन्दीप लामिछानेले कोरोना उपचार कोषमा एक लाख योगदान गर्ने घोषणा

Sandeep Lamichhane

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

क्रिकेटर सन्दीप लामिछानले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक लाख रुपैयाँ योगदान गर्ने भएका हुन्।

कोरोना भाइरस रोकथामका लागि सरकारले हालै मात्र यो केन्द्रीय कोष बनाएको हो । उनले आफ्नो सामाजिक सञ्जालमार्फत कोरोना राहत कोषका लागि सरकारलाई एक लाख दिने घोषणा गरेका हन् ।

“शारीरिक दुरीको यस घडीमा हेरचाह र समर्थनको खाँचौ परिरहेको नबिर्सनु होस्,ˮ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “दया र जिम्मेवारीसँगै मानवता हावी हुने छ । सबै सुरक्षित रहनुस् ।ˮ
यतिबेला विश्वनै कोरोना भाइरसका कारण आक्रान्त बनेको छ । जसको प्रभाव नेपालका समेत परेको छ ।

सन्दीपले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् । उनले विपतको घडीमा सहयोग तथा माया चाहिएकाहरुलाई नभुल्न र आफू पनि सुरक्षित रहन सबैलाई अपील गरेका छन् ।

https://www.facebook.com/SandeepLamichhaneOfficial/photos/a.1022850211093825/2914612538584240/?type=3&theater