१६ चैत्र २०८०, शुक्रबार

कानुन व्यवसायीको आन्दोलनबीच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश

cholendra shumsher
फाइल फोटो

कानुन व्यवसायीहरूको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ ।

सोमवार सर्वोच्च परिसरमा कानुन व्यवसायीहरूले प्रदर्शन गरिरहँदा जबरा सर्वोच्च प्रवेश गर्नुभएको हो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरू पछिल्ला केही हप्तादेखि निरन्तर धर्ना र विरोधमा छन्।

यस्तै सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश जबराका समर्थकहरुले पनि प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।