११ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमित ५ लाख नजिक, मृतक संख्या २२ हजार नाघ्यो

coronavirus

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । मृतकको संख्या २२ हजार कटेको छ ।

पछिल्लो तथ्यांक अनुसार कुल ४ लाख ९२ हजार २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ । मृतकको संख्या २२ हजार १ सय ८० पुगेको छ । संक्रमितमध्ये १ लाख १९ हजार ७ सय ३२ जना उपचारपछि स्वस्थ भएका छन् ।

मृतकको संख्यामा इटाली र स्पेनले चीनलाई उछिनेका छन् । इटालीमा ७ हजार ५ सय ३, स्पेनमा ४ हजार ८ सय ९ , इरानमा २,२३४, फ्रान्समा १,३,३१, अमेरिकामा १०३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित संख्यामा सबैभन्दा अगाडि चीन नै छ । चीनमा ८१२८५ संक्रमित भेटिइसकेका छन् । चीनलाई इटाली र अमेरिकाले उछिन्ने अवस्था बनिरहेको छ । इटालीमा ७४३८६, अमेरिकामा ६८९०५, स्पेनमा ५६१८८, जर्मनीमा ४०५८५, इरानमा २९४०६, फ्रान्समा २५२३३, स्वीटजरल्यान्डमा ११५७५, बेलायतमा ९५२९, दक्षिण कोरियामा ९२४१, नेदरल्यान्डमा ७४३१ जना संक्रमित भइसकेको तथ्यांक छ ।