१३ बैशाख २०८१, बिहीबार

गैँडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक

uml logo1628521956

नेकपा एमालेले आगामी १०–१२ मंसिरमा चितवनको नारायणगढमा हुने दशौं राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक गरेको छ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा ‘नारायणगढ जाउँ, महाधिवेशन सफल पारौुं भन्ने जिंगल सार्वजनिक गरिएको छ । यस्तै, गैँडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको लोगो पनि सार्वजनिक भएको छ ।

कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा आउने सबै प्रतिनिधिका लागि बस्न आवश्यक होटल र खानपानको व्यवस्था मिलाइ सकेको बताउनुभयो । उहाँले सो अवसरमा मौषम परिवर्तनका कारण अहिले गैँडाको बासस्थान जोखिममा रहेको र गैँडालाई पुनः जंगलमै फर्काउने सन्देशसहित सांकेतिक रुपमा गैंडालालाई समावेश गरेको बताउनुभयो ।

प्रचारप्रसार समितिले आफ्नो कार्ययोजना बनाएर मूल व्यवस्थापन समितिसँग सहकार्य गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । एमालेले यस वर्षको महाधिवेशनमा कपडाको ब्यानार र कागजको पम्प्लेट नबनाउने घोषणा गरेको छ ।

महाधिवेशन प्रचारप्रसारका लागि सोसल मिडिया र पार्टीको वेभसाइट, पेजको प्रयोग गर्ने भट्टराईले बताउनुभयो । साथै, देशभर रहेका ठूला होर्डिङ बोर्डलाई पनि प्रयोग गरिनेछ । प्रचार प्रसारमा पार्टीका पूर्वअध्यक्ष र महासचिवहरूको भिडियोहरुलाई पनि राखिने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रवक्ता भट्टराईले ७५३ वटै स्थानीय तहमा प्रचार प्रसारका लागि गोष्ठी, सेमिनार आयोजना गरिने पनि जानकारी दिनुभयो । साथै बुद्धिजीवी परिषद्को आयोजनामा प्रमुख सहरहरूमा छलफल पनि चलाइने छ ।

अन्य कार्यक्रममा युवा संघ नेपालले देशभर ७ मंसिरमा मोटरसाइकल र्याली निकाल्ने र चितवन, विरगन्ज काठमाडौंमा बढी प्रचार प्रासार गरिने बताउनुभयो । साथै, सम्पूर्ण राजमार्ग र शाखामार्गमा स्वागत द्धार तयार गरिने जनाए ।

085139704umllogo