२१ मंसिर २०७८, मंगलवार

पहिलो दल माओवादी बन्ने प्रचण्डकाे दावी

prachanda maoist

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दावी गर्नुभएकाे छ । डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उहाँले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलाे पार्टी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आश्वासन दिनुभयाे ।

उपल्लो डोल्पा पुग्नुभएका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो माओबादीले मात्रै बुझेको बताउनु भयाे । शान्त्ति प्रक्रियामा आएलगत्तै माओवादी पहिलो दल भएको र अब आउने निर्वाचनमा पनि पहिलाे दल बन्ने दावी गर्नुभयाे । उहाँले अहिलेकाे गठबन्धन सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृत्ति हराउने बताउनु भयाे ।

अर्थ मन्त्री जर्नादन शर्माले डोल्पाको विकासमा आफूले जति पनि बजेट व्वयस्था गने बताउनु भयाे । डोल्पाका जनताका सबै समस्या हल गर्न तयार रहेको र चीनको तिब्बतको क्याटो नाका हुँदै बाँकेको जमुनाहासम्म सडक निर्माण गरी धो मा सुक्खा बन्दरगाहा निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयाे ।

अध्यक्ष प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी माथिल्लो डोल्पाबाट आज सदरमुकाम दुनै पुग्नुभएकाे हाे । दुई दिनको डोल्पा भ्रमण सकेर प्रचण्डको टोली आजै काठमाडाैं फर्किएको छ । छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ सहित दुई वडाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे छ । उहाँहरू नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे हाे ।