१४ बैशाख २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव नेकपाले ३० गते नेपाल बन्द गर्ने

241755050 179194394326553 1617316628397566219 n1631534149

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।

घोषित कार्यक्रम अनुसार ३० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको छ । यस्तै आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।

11 61