११ बैशाख २०८१, मंगलवार

मन्त्री भएको एक महिना पुग्यो अब सयको गतिमा दौडिनुपर्छः श्रममन्त्री श्रेष्ठ

krishnakumar shrestha
फाइल फोटो

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले अब कामको गतिलाई तीव्र पार्ने बेला आएको बताएका छन्। मन्त्रालयमा मंगलबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री श्रेष्ठले मन्त्रालय र सरकारको कामको गतिलाई सयको गतिमा लानुपर्ने बताए। अब एक सयको गतिमा दौडिन आवश्यक छ, उनले भने,सरकारले कामको गति बढाउनुपर्छ।

उनले आफू मन्त्री भएको एक महिना पूरा भएको पनि स्मरण गराए। म मन्त्रीमा नियुक्त भएको एक महिना भयो। यसबीचमा दसैँतिहारले काम गर्न पाइएन, अब गति बढाउने हो, उनले कर्मचारीलाई सम्बोधनका क्रममा भने।

मन्त्री श्रेष्ठले सुरुमा श्रम मन्त्रालयको जिम्मेवारी पाउँदा नबुझेर केही अलमल भएको बताए।