६ बैशाख २०८१, बिहीबार

दलहरुले आफ्नो भूमिका निर्वाह नगर्दा न्यायालयमा समस्याः यादव

Upendra yadav
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले न्यायालय र राजनीतिक दलले आ–आफ्नो भूमिका निर्वाह नगर्दा समस्या भएको बताउनुभएको छ ।

भैरहवामा आज सञ्चारकर्मीसँग अध्यक्ष यादवले राजनीतिक दलले न्याय दिने अनि न्यायालयले राजनीति गर्न थाले देशमा दुर्दशा हुने बताउनुभयो। राजनीतिक मुद्दाको अदालतमा भन्दा पनि राजनीतिक तवरबाट समाधान खोज्नुपर्ने यादवको भनाइ छ ।

राजनीतिक अस्थिरिताका कारण बाहिरकाले फाइदा लिने खोज्ने प्रवृत्ति रहेको अध्यक्ष यादवले बताउनुभयो ।