६ बैशाख २०८१, बिहीबार

सर्वोच्चमा पेसी तोकिएका पाँच मुद्दाकाे फैसला, चारवटामा आदेश

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतमा बुधबारका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज १५ न्यायाधीशका लागि नौ इजलास तोक्नुभएको थियो । तर, उहाँले आफ्नो लागि भने कुनै इजलास तोक्नुभएको थिएन ।

सर्वोच्चका अनुसार आज सुनुवाइ भएका नौ मुद्दामध्ये पाँच मुद्दाको फैसला र चार मुद्दामा आदेश जारी भएको छ । जबराले बुधबार तीन एकल इजलास र छ संयुक्त इजलास तोक्नुभएको थियो । आज पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका थिए ।