१३ बैशाख २०८१, बिहीबार

किन भयो ? अदालत परिषरमै दुई वकिलबीच कुटाकुट

nepal bar 12

नेपाल बार एशोसिएसन परिसरमा दुईजना कानून व्यवसायीबीच कुटाकुट भएको छ ।

शुक्रवार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले सबै वकिल धनी नहुने भन्दै इजलास नबस्दा चल्न गाह्रो भएको बताउनुभएको थियो । उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने कारण नभएको भन्दै राणाको बचाउ गर्नुभएको थियो । कुटपिटपछि आक्रोशित मुद्रामा चुँडालले यो घटनासँगै नेपाल बारको औचित्य अन्त्य भएको बताउनुभयो ।

सर्वोच्च अदालत परिषरभित्रै बार सदस्य र कानुन व्यवसायीमाथि खुलेआम आक्रमण हुँदा समेत बार मुकदर्शक बनेकोमा चँडालले आक्रोश व्यक्त गर्नुभयो । उहाँले आफूले राजतन्त्र र प्रधानन्यायाधीश जबराको पक्षमा मिडियालाई अन्तर्वार्ता दिएको निहूँमा आफूमाथि कुटपिट भएको दाबी गर्नुभयो ।

तर कुटपिटमा संलग्न अर्का अधिवक्ता विराट न्यौपानेले भने कानून व्यवसायीमाथि नै प्रश्न उठ्ने गरि गरिएको व्यवहारका कारण हातपातमै उत्रनु परेको दाबी गर्नुभयो । चुँडाल पहिलेदेखि नै कानून व्यवसायको आवरणमा गलत काममा संलग्न रहेको उहाँको दाबी थियो । आफूमाथि कानुनी कारवाही हुने हेक्का भए पनि कानूनको साख बचाउन आफू यस प्रकारको गतिविधिमा संलग्न हुनुपरेको उहाँको भनाइ थियो ।

चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताउनुभएको छ ।

bar mukaa
okil okil fight