१४ बैशाख २०८१, शुक्रबार

बिहीवार मुख्यमन्त्री पाण्डेसहित चार मन्त्रीले सपथ लिने

rajendra pandey

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी, संसदीय दलका नेता राजेन्द्र पाण्डेले बिहीवार सपथ लिने हुनुभएकाे छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनका प्रत्येक दलबाट एक एक जना गरी चार मन्त्रीले सपथ लिने तयारी गरिएकाे हाे ।

मुख्यमन्त्रीकाे पदबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुभएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले बिहीवार अपरान्ह ३ बजेकाे समयसीमाभित्र मुख्यमन्त्रीकाे लागि दाबी पेश गर्न आह्वान गर्नुभएकाे थियाे ।

प्रदेश प्रमुखकाे आह्वानसँगै नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेश गर्नुभएकाे छ ।

सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ ।

नेपाली कांग्रेस प्रदेशसभाका एक सदस्यका अनुसार भोलि पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीबाट कृष्ण खनालले पनि मन्त्रीको रुपमा सपथ लिन लाग्नुभएकाे छ ।

बाँकी मन्त्रीहरूकाे चयन भने तिहारपछि मात्रै गरिने सत्ता गठबन्धनमा सहमति भएकाे जनाइएकाे छ ।