१४ बैशाख २०८१, शुक्रबार

फेरि सर्‍याे कांग्रेस महाधिवेशन , मंसिर २७ देखि ३० सम्मकाे नयाँ मिति सार्वजनिक

Congress

नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनको कार्यतालि हेरफेर गरिएकाे छ ।

बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनकाे कार्यतालिका हेरफेर गरी मंसिर २७ देखि ३० गतेसम्म सम्पन्न गर्ने गरी नयाँ मिति तय गरेकाे हाे ।

वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते हुने काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरलले जानकारी दिनुभयाे । उहाँका अनुसार ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने कार्यतालिका तय भएकाे छ ।

मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलकाे भनाइ छ । त्यस्तै, मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने पनि उहाँले जानकारी दिनुभयाे ।