१२ बैशाख २०८१, बुधबार

लगातार दोस्रो जीत निकाल्दै इंग्ल्याण्ड टी– ट्वान्टी विश्वकपको शीर्ष स्थानमा

england1635344264

इंग्ल्याण्डले आईसीसी टी– ट्वान्टी विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ ।

बुधबार भएको समूह( १ को खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल संभावना बलियो बनाएको हो ।

जीतका लागि १२५ रनको सामान्य विजयी लक्ष्य पाएको इंग्ल्यान्डले १४ ओभर १ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । इंग्ल्यान्डको जीतमा ओपनर जेसन रोयले सर्वाधिक ६१ रन बनाए । डेविड मलान २८ रनमा अविजित रहे ।

बंगलादेशका शोरिफुल इस्लाम र नासुम अहमदले १–१ विकेट लिए ।

आबुधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनायो । बंगलादेशका मुश्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए । कप्तान महमुदुल्लाह रियाद र नासुम अहमदले समान १९ रन जोडे ।

इंग्ल्यान्डका तीव्र गतिका बलर टाइमल मिल्सले सर्वाधिक ३ विकेट लिए । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको थियो ।

इंग्ल्यान्ड दुई खेलबाट ४ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । समान २ अंक भए पनि नेटरनरेटको आधारमा श्रीलंका दोस्रो, अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । यस्तै, बंगलादेश पाँचौँ र वेस्टइन्डिज पुछारमा छन् ।

यता, सुपर–१२ को समूह–२ मा पाकिस्तान दुई खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ ।

    सम्बन्धित समाचार...