
रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेपालले आईसीसी महिला टी- ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ ।
प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।
छनोट खेल्ने टोलीमा रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दू बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल काजोल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई रहेका छन् ।
त्यस्तै वैकल्पिकमा सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका छन् । यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ । छनोटमा ६ वटा टिम सहभागी छन् ।
जसमा नेपालसहित यूएई, हङकङ, भूटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।
यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।