२२ बैशाख २०८१, शनिबार

रेमिट्यान्स घट्यो, मुलुकको अर्थतन्त्र जोखिममा

puna nirmaan money

वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्स रकम भदौ महिनामा घटेको छ। साउन महिनाको भन्दा भदौमा केही बढे पनि गत वर्षको तुलनामा रेमिट्यान्स ६ दशमलव ३ प्रतिशतले घटेको हो ।

कोरोना संक्रमणको उच्च जोखिम रहँदा पनि बढेको रेमिट्यान्स घट्नु र बढ्दो आयातले अर्थतन्त्रका सम्भावित जोखिमलाई संकेत गरेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा ७९ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

हरेक वर्ष दशैंको मुखमा रेमिट्यान्सको वृद्धिदर सकारात्मक हुने गरेपनि यो वर्ष घट्यो । घट्दो रेमिट्यान्स र बढ्दो आयातले मुलुकको अर्थतन्त्रमा जोखिम निम्तने खतरा छ।

कोरोनाका कारण बढेको बेरोजगारी र स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा वैदेशिक रोजगारीमा जानेको संख्या भने बढ्दै गएको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चालु आर्थिक वर्षको २ महिनामा उल्लेख्य बढेर २२ हजार ९ सय ७६ पुगेको छ ।

देशको अर्थतन्त्रको मुख्य खम्बा मध्येको एक रेमिट्यान्सको भर डगमनाउनु अर्थतन्त्रलाई चुनौती हो । रेमिट्यान्स घट्दा देशको भुक्तानी सन्तुलन र बैदेशिक मुद्राको सञ्चितीमा गहिरो असर पर्छ । आम उपभोक्ताको क्रयशक्ति घट्नेदेखि आश्रित परिवारको आर्थिक सामाजिक जीवनस्तरमा समेत यसले असर पार्छ ।

रेमिट्यान्समा कमी आएको र आयात उच्च दरले बढेपछि भदौंमा देशको शोधनान्तर स्थिती ८३ अर्ब ४१ करोड रुपैयाँले घाटामा गएको छ । एक महिनामै शोधनान्तर ४४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गएको छ।

यस्तै चालू खाता पनि १ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ । उच्च आयातसँगै घट्दो रेमिट्यान्सका कारण घाटा चुलिएको हो । रेमिट्यान्स आप्रवाह वृद्धि हुँदा गर्व गर्ने र ह्रास हुँदा चिन्ता मात्रै गर्ने भन्दा पनि वैदेशिक रोजगारी र रेमिट्यान्सको विकल्प खोज्न सरकारले आजैबाट प्रयास गर्नुपर्छ ।

    सम्बन्धित समाचार...