११ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमणबाट थप आठ जनाको निधन, ६७२ संक्रमित थपिँदा ४९० संक्रमणमुक्त

corona insurance

नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ भने ६ सय ७२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १ सय ६७ जनाको पीसीआर परीक्षणमा ५ सय ८२ र २ हजार ३ सय २८ जनाको एन्टीजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकाका २ सय २ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १ सय ३७, ललितपुरका ५० र भक्तपुरका १५ जना छन । थप ८ जनाको निधन भएसँगै देशभर कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ३ सय ८० पुगेको छ ।

पछिल्लो पटक ४ सय ९० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ७५ छ ।