७ बैशाख २०८१, शुक्रबार

मुलुकका थोरै स्थानमा वर्षाको सम्भावना

WEATHER rain

बुधबार मुलुकका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको मौसम प्रणालीलाई असर पार्नसक्ने उल्लेखनीय प्रणाली छैन ।

यद्यपि, दिउँसो पहाडी भूभागमा बदली रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राति पहाडी भूभागका एक÷दुई स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।