१३ बैशाख २०८१, बिहीबार

सत्ता गठबन्धनले प्रधानन्यायाधीश विवादबारे चाँडै धारणा सार्वजनिक गर्छः अध्यक्ष प्रचण्ड

prachanda IRyjsLNp44
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विवादमा सत्ता गठबन्धन दलभित्र छलफल गरेर चाँडै आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनु भएको छ ।

चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्ड जबराविरुद्ध महाअभियोग लगाउनेबारे कही कतै छलफल नभएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष प्रचण्डले न्यायलयभित्रको विवाद न्याय क्षेत्रबाट छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले न्यायालयमा कहिँकतैबाट आँच आउन नहुने बताउनुभएको छ ।