
फाइल फोटो
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन मङ्सिरभित्रै सक्ने गरी अगाडि बढ्ने बताउनुभएको छ ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी र केन्द्रीय निर्वाचन समिति बैठकमा सभापति देउवाले मङ्सिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको पार्टी सह महामन्त्री डा. प्रकाश शरण महतले जनाकारी दिनुभयो ।
बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक राख्न आफूले माग गरेको बताउनुभयो ।
उपसभापति विमलेन्द्र निधिले छठ पछि महाधिवेशनका बाँकी काम अघि बढ्ने जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने तय भएको छ ।