
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार ५५६.९५ मा ओर्लेको हाे ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ अङ्कले घटेर ४८३.३९ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत खुम्चिएको छ । कूल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण ३५ खर्ब ७९ अर्ब ७८ करोड ५३ लाख ८० हजारको हाराहारीमा रहेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । अन्य २१.९१ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ ।