१५ चैत्र २०८०, बिहीबार

हेलिकोप्टरबाट बैतडीको आकाशमा तीन चक्कर लगाएर देउवा लागे डडेल्धुरातर्फ

pm dhungad1634810217

प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको बाढी प्रभावित क्षेत्र सिगास गाउँपालिका -५ ढुंगाडको अवलोकन गरेका छन् । गत आइतबारदेखिको अविरल वर्षाले सेती नदीमा आएको बाढी प्रभावित क्षेत्र ढुंगाडको स्थलगत भ्रमणपछि देउवा डडेल्धुरा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अनुगमन गरेका छन् । आकाशमा तीन चक्कर लगाएर अनुगमन गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका व्यक्तिसँग भेट गरी डडेल्धुरा प्रथान गरेका छन् ।

देउवाले करिब २० मिनेट जति स्थानीयसँग भलाकुसारी गरेको स्थानीय घनश्याम धामीले बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले बढीमा ३ मिनेट सम्बोधन गर्नुभयो । हाम्रा समस्याका बिषयमा केही व्यवस्था गरिसकेको र केही अब गर्ने कुरा राख्नुभयो । अन्य जिल्लामा पनि कार्यक्रम रहेको भन्दै फर्किनुभयो ।’ प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याबारे ज्ञापनपत्र बुझाएका छन् ।

वर्षाका कारण सेती नदीमा बाढी आएपछि सिगास ५ ढुंगाडको करिब २ सय रोपनी धानखेत बगरमा परिणत भएको छ भने ५ घर भत्किएका छन् ।