७ बैशाख २०८१, शुक्रबार

लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ

chitwan police office

लकडाउन उल्लङघन गर्दै सडकमा निस्कने १० जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज बिहानदेखि देशभर लक डाउन गरेको हो । तर चोक–चोकमा मानिस निस्किएर रमिता हेर्न छाडेका छैनन् । उनीहरुलाई प्रहरीले सम्झाउनु परिरहेको छ । बाटो बन्द छ, बजार बन्द छन् । तर मानिसहरु प्रहरीको आँखा छलेर सडकमा निस्किन्छन् । प्रहरी देख्नासाथ उनीहरु भाग्छन् । प्रहरी हिँडेपछि फेरि सडकमै निस्किन्छन् ।

कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।

लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

उनले सरकारको निर्देशन अबज्ञा गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिए ।लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने बताए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।