१४ बैशाख २०८१, शुक्रबार

मार्सी धान फल्ने जुम्लाको फाँट बगरमा परिणत, बिउ नै मासिने जोखिम

616e42df49647 jumla

जुम्ला । निरन्तरको बर्षापछि आएको बाढीले मार्सी धान फल्ने जुम्लाको फाँट बगरमा परिणत भएको छ । जसका कारण काटेर भित्र्याउन ठिक्क पारेको धान डुबेर नष्ट मात्रै भएको छैन जुम्लाबाट मार्सीको बिउँ नै मासिने जोखिम बढेको छ ।

कृषि बिकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लामा दुई हजार नौ सय हेक्टरमा मार्सी धान खेती गरिएको थियो । त्यसमध्ये दुई हजार हेक्टर जमीनमा लगाएको धान नष्ट भएको छ । बाँकी नौ सय हेक्टरको धानमा पनि क्षति पुगेको छ । देवकोटाका अनुसार अब किसानहरू बिउका लागि समेत राहतको भर पर्नुपर्ने भएको छ । कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भेअनुसार तोपानी र तिला गाउँपालिकामा मात्रै १८ हेक्टर अर्थात तीन सय ६० रोपनीमा लगाएको धान बाली नष्ट भएको छ । यस्तै, रातीमार्सी धेरै फल्ने सिन्जा क्षेत्रका धान सबै डुबानमा परेको छ । प्रारम्भिक विवरणअनुसार कृषि क्षेत्रमा मात्रै जुम्लामा ६ करोडभन्दा बढीको क्षेति भएको छ ।

प्रशासनले चार दिनदेखिको बर्षा र बाढीले जिल्लाभर पुर्याएको प्रारम्भिक क्षति विवरण सार्वजनिक गरेको हो। प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंले प्रस्तुत गर्नुभएको क्षति विवरणअनुसार तिला र भेरी खोलाले १८ हेक्टरमा लगाएको कालीमार्सी धानमा क्षति पुगेको छ । सिञ्जा क्षेत्रको क्षति विवरण भने आउन बाँकी छ ।