
कञ्चनपुरको भीमदत्त नगरपालिका ९, मुसेट्टिमा फसेका ५ जनाको उद्धार गरिएको छ ।
सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमान्ड हेलिकप्टरले उनीहरूको उद्धार गरेको हो ।
प्रतिकुल मौसमका बाबजुद बेलुका ६ बजे फसेका सबैको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९, मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखि बाढीमा फसेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षका अजय नायक, ४ वर्षका बालक सुरज नायक र ५० वर्षीया गौरी खड्का बाढीको बिचमा फसेका थिए ।