८ बैशाख २०८१, शनिबार

यो माओवादी पार्टी कति वर्षमा सकिएला ? सखाप नपारे नेपालीको जीवन सुखी हुँदैन: पूर्व अर्थसचिव खनाल

Rameshwore

नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले माओवादी नै देश विकासको बाधक भएको बताउँदै पार्टीको बन्धनबाट देश मुक्त हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अलि लामै भयो त ।’

तत्कालीन माओवादी पार्टीबाटै प्रधानमन्त्री बनेका डा.बाबुराम भट्टराईको आर्थिक सल्लाहकारसमेत बनेका खनालले नेपाली काँग्रेसले माओवादीसँग हात मिलाउनु ऐतिहासिक गल्ती भएको पनि जिकिर गरेका छन् । ‘नेपालमा रोकिएको विकासका लागि माओवादी सिद्धान्तको अन्त्य आवश्यक छ,’ पछि बाबुरामकै नयाँ शक्ति पार्टीमा समेत आबद्ध भएका खनालको भनाइ छ । उनले बडा दसैँ २०७८ को शुभकामना भन्दै आगामी चुनावमा कसैलाई पनि माओवादी पार्टी मत दिने अवस्था उत्पन्न नहोस् भन्दै सो बन्धनबाट मुक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् ।

राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक भित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ,उनले भनेका छन ।

246512078 310843160401651 1843448609095542472 n S8HudmnBRy 1024x590 1
246657656 295359375767042 2708620535671719810 n nA0q5LpNIx 1024x730 1