१५ चैत्र २०८०, बिहीबार

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या तीब्ररुपमा बढ्दै, १६ हजार बढीले ज्यान गुमाए

corona326

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १६ हजार नाघेको छ । ३ लाख ६६ हजार ९ सय ५५ संक्रमण छन् ।

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सोमबार यो समाचार तयार पर्दा सम्म १६ हजार १ सय बढीको ज्यान गएको हो ।

जसमा इटालीमा सबैभन्दा बढी ६ हजार ७८ जनाको ज्यान गएको छ । इटालीमा ६३ हजार ९ सय २८ जनामा संक्रमण भेटिएको छ । जसमध्ये ७ हजार ४ सय ३२ जना निको भएर घर फर्किसकेकाको तथ्याङ्कले देखाएको छ । त्यसैगरी चीनमा ३ हजार २७० जनाको ज्यान गएको छ । यहाँ ८१ हजार ९३ जनामा संक्रमाण देखिएकोमा ७२ हजार ७०३ जना निको भएर घर फर्किसकेको छन् ।

corona 1

त्यस्तैगरी स्पेनमा २ हजार २ सय ६ जनाको ज्यान गएको छ । ३३ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा ३ हजार ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् ।

जर्मनीमा पनि कोरोना भाइरसका कारण २८ हजार ८ सय ६५ जना संक्रमण भेटिएको छ । जसमा १ सय १८ जना निको भएर घर पर्किसकेका छन् । ४ सय २२ जनाको ज्यान गएको छ ।

इरानमा पनि कोरोना भाइरसका कारण १ हजार ८ सय १२ जनाको ज्यान गएको छ । इरानमा २३ हजार ४९ जनामा कोरोनाको संक्रमण भेटिएको थियो । जसमा ८ हजार ३ सय ७६ जना निको भएर घर पर्किसकेका छन् । विश्वका २ सयभन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वभरका झण्डै साढे तीन लाख मानिसमा भेटिएको छ ।

corona updet

नेपालमा पनि दुईजनामा कोरोना संक्रमित भेटिएको पुष्टि भइसकेको छ । फ्रान्सबाट आएको एक नेपाली युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको आइतबार पुष्टि भएको थियो । उनी हाल क्वारेन्टाइनमै उपचाररत छिन् । यसअघि चीनमा अध्यायन गरेर नेपाल आएका एक युवामा कोरोना संक्रमण भेटिएको थियो । उनी निको भएर घर फर्किसेका छन् ।