
सिन्धुपाल्चोकमा सोमवार दुई पटक भूकम्प गएको छ ।
जिल्लाको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुईवटाभूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ । दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पछिल्लो एक महिनामा गोरखा भुइँचालोको सातौं परकम्पन गएको केन्द्रले जनाएको छ ।