७ बैशाख २०८१, शुक्रबार

क्वालिफायरमा कोलकाता

kolkata1634004233

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ ।

सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाता क्वालिफायरमा प्रवेश गरेको हो । कोलकातालाई जीत दिलाउन शुभमन गिलले २९ तथा वेंकटेस अय्यर र सुनिल नरेनले २६–२६ रनको योगदान दिए । बेंगलोरका लागि भने मोहमद सिराज, हर्षल पटेल र युजभेन्द्र चाहलले समान २–२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन जोडको थियो । बेंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३९ रन जोड्नुबाहेक अन्य खेलाडीले चल्न सकेनन् । देवदत्त पडिक्कलले २१ रन बनाउँदा ग्लेन म्याक्सवेलले १५ रन, शहबाज अहमद १३ तथा एबी डि भिलिएर्स ११ रनको योगदान दिए । कोलकाताका सुनिल नारिनेले मात्र ४ विकेट लिँदा लकी फर्गुसनले २ विकेट हात पारे ।

योसँगै प्रतियोगितामा बेंगलोरको यात्रा समाप्त भएको छ । अब कोलकाताले भने बुधबार हुने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।