१६ चैत्र २०८०, शुक्रबार

फिल्म ‘उचाइ’को छायांकन सगरमाथा बेस क्याम्पमा

244692914 414037350077452 99722726045862802 n

पारिवारिक फिल्म बनाउन पोख्त बलिउड निर्माता सुरज बडजात्या यतिबेला चार साथीको कथा समेटिएको फिल्म ‘उचाइ’को नेपालमा छायांकन गरिरहेका छन् । सर्वाधिक उचाइमा रहेको हिमालय पर्वत श्रृंखलाको ट्रेकिङमा निस्किएका चार साथीहरु बोमन इरानी अनुपम खेर, अमिताभ बच्चन र डेनी डेन्जोङ्पाको आत्मियतालाई फिल्मले देखाउने छ ।

१३ हजार फिटको उचाइमा खिचिने फिल्ममा अभिनेत्री परिणीति चोपडा टुरिस्ट गाइडको भुमिकामा देखिँदैछिन् । फिल्मको लागि बोमन, परिणीति र अनुपम नेपाल आइसकेपनि अमिताभ र डेनी भने केही समयपछि आउनेछन् ।

फिल्मको नेपालतर्फका लाइन प्रोड्युसर सुरज आचार्यले दैनिक भास्करसँगको कुराकानीमा फिल्मको सुटिङबारे विस्तृत जानकारी दिएका छन् । ‘फिल्मको सुटिङ चार अक्टोबरबाट सुरु भएको छ । यसको पहिलो सुटिङ तालिका काठमाडौंको छ । यहाँ दुई दिन छायांकन गर्छौ । मंगलबार फिल्मको एक प्रमुख सिक्वेन्स काठमाडौं एयरपोर्टमा गरेका छौं । हामी तीन दिनका लागि लुक्ला जाँदैछौं’, सुरजले भनेका छन् ।

सुरजले फिल्ममा चार साथीहरुको ‘एडभेञ्चर ट्रिप’ देखाउनका लागि विश्वकै सबैभन्दा खतरनाक एयरपोर्टका रुपमा परिचित लुक्लालाई छनोट गरिएको खुलाए ।