१२ बैशाख २०८१, बुधबार

न्याय माग्दै नेपालगञ्जदेखि पैदलै काठमाडौं आएर रिले अनशन बसेका १३ जनालाई प्रहरीको धरपकड

Dharna Dharpakad 768x376 1

न्याय माग्दै नेपालगञ्जदेखि पैदलै संघीय काठमाडौं आएर रिले अनशन बसेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा शुक्रबार अनिश्चितकालीन रिले अनशन थालेका उनीहरूलाई साँझ प्रहरीले धरपकड गर्दै लिएर गएको हो ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रहरी–प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै उनीहरू बुधबार काठमाडौं आइपुगेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग केन्द्र सरकारसँग राख्न काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । टोलीमा ११ महिलासहित १४ जना छन् ।

२० दिन हिँडेर आएका उनीहरू शुक्रबार बिहानै ब्यानर बोकेर माइतीघर पुगेका थिए । ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदारजस्ता नारा लेखिएका ब्यानर र प्लेकार्डसहित उनीहरू अनसनमा थिए ।

टोलीमा सहभागी रुबी खानले आफूहरूले अनशन सुरु गरेको बारे काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिए पनि साँझ प्रहरीले हस्तक्षेप गरेको बताइन् । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

    सम्बन्धित समाचार...