१५ बैशाख २०८१, शनिबार

काठमाडौंबाट मकवानपुर लुटपाटका लागि पुगेको प्रहरीको टोली र पत्रकार पक्राउ

sujan acharya arrested

काठमाडौंबाट लुटपाटका लागि मकवानपुर पुगेको टोलीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोली पक्राउ परेको छ ।मकवानपुरको पालुङबाट प्रहरीका १ जना असई र २ जना जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत रहेका छन् ।

घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको गुनासो बढेपछि महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सो टोलीलाइ हटाइएको थियो । उनीहरूको स्थानमा नयाँ सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

पूर्व तयारीका साथ काठमाडौंबाट लुटपाट गर्ने उद्देश्यले उनीहरु मकवानपुर पुगेको मकवानपुर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालयको सिआरभी टोलीमा कार्यरत उनीहरु लुटपाटको उद्देश्यले नै काठमाडौंबाट मकवानपुरको कैलाश गाउँपालिका पुगेका थिए । कैलाश गाउँपालिकाका एक व्यक्तिसँग हिरा किन्ने भन्दै उनीहरु काठमाडौंबाट मकवानपुर पुगेका थिए ।

तर कैलाश गाउँपालिकामा उनीहरुले हिरा लिई आफूहरु प्रहरी भएको र हल्ला गरे फसाइदिने भन्दै हिरा लिएर भागेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो ।

सीआरभी महानगरीय प्रहरी प्रमुख पोखरेलको प्रत्यक्ष निगरानीमा खटाइने टोली हो । सीआरभीको मनिटरिङको जिम्मा पोखरेलले एसपी रेवती ढकाललाई दिएका छन् । सीआरभीको टोलीले प्रहरीका लागि गोप्य सूचना संकलन गर्ने गरेको छ ।

तर, सोही टोलीका सदस्य लुटपाटका लागि गएको समयमा पक्राउ गरिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले उनीहरू पक्राउ परेको जानकारी आएको र आहरूले सो घटनाबारे बुझिरहेको प्रतिक्रिया दिएका छन् ।

बस्नेतलाई घुमुवा प्रहरीको टोली परिवर्तन गर्दा हटाइएको भए पनि उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन र वनमन्त्री शक्तिबहादुर बस्नेतका भतिजा मुक्ति बस्नेतको सिफारिसमा पुनः सादा पोसाकमा खटाइएको थियो ।

उनीहरूको साथमा १ जना पत्रकार सुजन आचार्य समेत पक्राउ परेको बताइएको छ ।

    सम्बन्धित समाचार...