१६ चैत्र २०८०, शुक्रबार

सबै सांसदको १ महिनाको तलब कोरोना कोषमा जम्मा गरौं : गगन थापा

Gagan Thapa 1

नेपाली कांग्रेसका नेता तथा प्रतिनिभिसभा सांसद गगन थापाले सरकारको कोरोना कोषमा सबै सांसदले एक महिनाको तलब जम्मा गर्ने सुझाव दिएका छन् । सोमबार बिहान ट्विटरमार्फत थापाले सरकारलाई सबैले सक्दो सहयोग आह्वान गरेका छन् ।

थापाले ट्टिरमा लेखेका छन : सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।
संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।

थापा पूर्व स्वास्थ्यमन्त्री समेत हुन्।

आइतबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको सम्भावित संक्रमणबाट बच्न र आवश्यक सामग्री खरिद गर्न प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष बनाउने र त्यसमा सरकारले ५० करोड राख्ने निर्णय गरेको थियो । मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्नेसमेत निर्णय गरेका थिए।