७ बैशाख २०८१, शुक्रबार

जुवा खेल्न नमान्दा निर्घात कुटपिट

Kutpit baitadi 1024x768 1

बैतडीको डिलाशैनीका एक व्यक्ति माथि निर्घात कुटपिट भएको छ । डिलाशैनी १ का ५७ वर्षीय अकबर रानामाथी स्थानीय व्यापारी महावीर धामीले निर्घात कुटपिट गरेका हुन् ।

रातको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथी कुटपिट गरेको पीडित रानाका छोरा महेश रानाले बताउनुभयो । रानालाई घरबाट जबरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरिएको उहाँले बताउनुभयो ।

kutpit garne manxe 768x769 1
कुटपिट गर्ने व्यक्ति

कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ । घटनाका विषयमा प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरीचौकीमा बोलाएको छ । अहिले दुवै पक्ष बीच छलफल भइरहेको छ ।

    सम्बन्धित समाचार...