८ बैशाख २०८१, शनिबार

जिम्मेवारी हेरफेर एकीकृत समाजवादीमा मन्त्रीको!

Akikirit Samajwadi mantri Final 65

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने पार्टीका मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नेकपा(एस)ले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने निर्णय गरेको छ ।

एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन् ।

एक नेताका अनुसार उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको छ । झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएको स्रोतको भनाई छ ।

बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो । आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको हो ।